साथै प्रत्येक ट्याक्सीमा इम्बोस्ड नम्बर प्लेट जडान गरिएको हुनुपर्ने उल्लेख छ ।
साथै ट्याक्सीको छतमा पहेँलो रङ लगाइएको हुनुपर्ने उल्लेख छ ।
आकार यान्त्रिक क्षमता तथा उपलब्ध सुविधास्तरलगायत आधारमा ट्याक्सीलाई साधारण(अर्डिनरी) विशेष(डिलक्स) र विशिष्ट(लक्जरी) गरी तीन किसिमले छुट्याएको छ ।
सोहीअनुसार एक हजार सीसी सञ्चालित ट्याक्सी साधारण, १२ सय सीसी क्षमताभन्दा माथिका डिलक्स र २ हजार सीसी क्षमता माथिका ट्याक्सीलाई लक्जरी ट्याक्सीका रूपमा वर्गीकरण गरेको छ ।
सरकारले साधारण बाहेकका डिलक्स र लक्जरी ट्याक्सीमा एन्टी लक ब्रेकिङ सिस्टम (एबीएस) सँगै इलेक्ट्रनिक ब्रेक फोर्स डिस्ट्रब्युसन (ईबीडी), ड्राइभर र को ड्राइभर एयर ब्याक (कम्तीमा दुई), हाई स्पिड आलर्ट सिस्टम, सबै सिटमा सिटबेल्ट अनिवार्य, सहचालकलाई सिटबेल्ट, पार्किङ सेन्सर र रियर भिउ क्यामेरा, सीसी टीभी क्यामेरा अनिवार्य गरेको छ ।