दोलालघाट-जिरोकिलो सडकखण्ड अवरुद्ध

अरनिको राजमार्ग अन्तर्गत ५२ किलोमा सडक अवरुद्ध भएको छ । माथिबाट लेदो खसेपछि सडक अवरुद्ध भएको हो ।

पहिरो पन्छाएर सडक खुलाउने प्रयास भइरहेको प्रहरीले जनाएको छ।

लेदोसहितको पहिरो खसेका कारण पन्छाउन समस्या भइरहेको प्रहरीको भनाइ छ।

सवारीहरुलाई चाखोला–ज्याम्दी–कुन्ताबेंसी–नगरकोट सडक–खण्ड भएर यात्रा गर्न अनुरोध गरिएको ट्राफिक प्रहरीले जनाएको छ।

Leave a Reply

Your email address will not be published. Required fields are marked *