नागढुंगा सुरुङमार्गमा स्थानीयको अवरोध

तीन सातादेखि सुरु भएको नागढुंगा सुरुङमार्ग निर्माणमा स्थानीयको अवरोध हट्न सकेको छैन ।

खानेपानीलगायत विभिन्न माग गर्दै आएका स्थानीयको माग सरकारले पूरा गर्न नसक्दा अवरोध हट्न नसकेको हो ।

यही चैत ३ गतेदेखि स्थानीयले खानेपानी, चर्किएका घरहरूको क्षतिपूर्ति, खतीयोग्य जमिनमा सिँचाइको व्यवस्था गरिनुपर्नेलगायत विभिन्न माग गर्दै अवरोध सिर्जना गरेका छन् ।

स्थानीयले आफ्ना माग पूरा नगरेसम्म काम गर्न नदिने अडानसमेत राखेका छन् ।

सोही दिनदेखि निर्माण ठप्प भएको आयोजनाका सिनियर डिभिजनल इन्जिनियर सञ्जय पन्थीले बताए ।

साथै उनीहरूको प्रमुख माग पूरा गर्न खानेपानी मन्त्रालयमा फाइल पठाइएको उनले बताए ।

‘उहाँहरू पछि हट्नुभएको छैन । योजना समावेश गरिनुपर्छ भन्ने माग छ,’ उनले भने, ‘नयाँ योजना समावेश गर्न समय लाग्छ ।

हामीसँग कोअर्डिनेसन गर्न पनि आउनुभएको छैन । त्यसैले गर्दा अहिलेसम्म पनि अवरोध हटेको छैन ।’

Leave a Reply

Your email address will not be published. Required fields are marked *