चितवनमा बस अनियन्त्रित भएर रुखमा ठोक्कियो

चितवनको भरतपुरबाट माडीतर्फ जाँदै गरेको बस अनियन्त्रित भएर रुखमा ठक्कर खाँदा १२ जना घाइते भएका छन् ।

शुक्रबार दिउँसो माडी नगरपालिका १ बनकट्टातर्फ जाँदै गरेको ना ६ ख ९३६६ नम्बको बस आफै अनियन्त्रित भएर रुखमा ठक्कर खाँदा १२ जना घाइते भएको जिल्ला प्रहरी कार्यालय चितवनले जनाएको छ ।

घाइतेहरूको माडीस्थित बघौडा अस्पतालमा उपचार भएको प्रहरीले जनाएको छ । प्रहरीका अनुसार बस चालक फरार रहेको र उनको खोजी कार्य भइरहेको छ ।

Leave a Reply

Your email address will not be published. Required fields are marked *