दुर्गा प्रसाईं चढेको स्कोर्पियो इटहरीमा फेला

तीनकुनको प्रदर्शन स्थलबाट फरार भएका दुर्गा प्रसाईं चढेको गाडी इटहरीमा भेटिएको छ ।

इटहरीमा भेटिएको बिएबी–४२०८ नम्बरको स्कोर्पियो कठमाडौँ ल्याइएको उपत्यका प्रहरी कार्यालयका एआईजी टेकबहादुर तामाङले बताए ।

उपत्यका अपराध अनुसन्धान कार्यालयबाट खटिएको टोलीले गाडी धनीलाई पक्राउ गरेको छ ।

कागेश्वरी मनोहरा नगरपालिकास्थित काँडाघारी घर भएका मुकुन्द दाहाललाई पक्राउ गरेर प्रहरीले अनुसन्धान गरिरहेको छ ।

तीनकुनेबाट प्रसाईं सवार गाडी ईश्वर विकले हाँकेका थिए । प्रसाईंलाई झापास्थित बिएण्डसी अस्पतालमा लगेर छाडेको चालकले प्रहरीलाई बताएका छन् ।

Leave a Reply

Your email address will not be published. Required fields are marked *