अन्तर्राष्ट्रिय ईभी ब्रान्ड एक्स्पेङले आफ्ना ग्राहकहरूका लागि विशेष अफर लिएर आएको छ।
ग्राहकहरूले अब रु. १४.९९ लाख डाउन पेमेन्टमै भविष्यलाई लक्षित गर्दै डिजाइन गरिएको एक्स्पेङ जी६ घर लैजान सक्नुहुनेछ।
६.५५% ब्याजदर, ४८ घण्टाभित्र ऋण प्रक्रिया सम्पन्न हुने, र ७ वर्षसम्मको ऋण अवधिको सुविधाले एक्स्पेङ खरिद गर्न सहज बनाइएको छ।
यस अफरमा आकर्षक एक्सचेन्ज बोनस, नगद छुट, निःशुल्क एसेसरीहरू, ७ किलोवाट चार्जर, १ वर्षको रोड ट्याक्स कभरेज, र निःशुल्क बीमा समेत समावेश छ, जसले एक्स्पेङ जी६ लाई विद्युतीय गाडीको उत्तम विकल्प बनाउँछ।
पाँचतारे NCAP सुरक्षा रेटिङ प्राप्त एक्स्पेङ जी६ स्वचालित ड्राइभिङ प्रविधि, १९० किलोवाट मोटर, ४४० एनएम टर्क र ४३५ किलोमिटर रेन्ज जस्ता विशेषताले गर्दा विश्वभर धेरैले मन पराएको गाडी बनेको छ।
ग्राहकहरूले अब एक्स्पेङको अत्याधुनिक प्रविधि, आकर्षक डिजाइन, र दिगो यात्राको सजिलै अनुभव गर्न सक्नुहुनेछ।
यस अफरसँगै एक्स्पेङ नेपालले गुणस्तरीय सवारीसाधन र सेवाहरू उपलब्ध गराउने प्रतिबद्धता जनाएको छ।
थप जानकारीका लागि ९७०७०९४१८५ मा सम्पर्क गर्नु होला।