हिमालयन रिजर्भले गोल्ड अवार्ड जित्यो

‘द हिमालयन रिजर्भ ह्विस्कि’, प्रतिष्ठित मोन्ड सेलेक्सन गोल्ड अवार्ड २०२५, ब्रसेल्सबाट सम्मानित भएको छ।

यो उल्लेखनीय उपलब्धीले ‘द हिमालयन रिजर्भ’ लाई विश्वकै उत्कृष्ट गुणस्तरको ह्विस्किको श्रेणीमाझ परिचित गराएको छ।

यो उपलब्धीको हासिलसँगै नेपाली ब्रान्डले पनि विश्वस्तरको प्रिमियम स्पिरिट्स उत्पादन गर्न सक्छअन्तर्राष्ट्रिय ब्रान्डहरूसँग प्रतिस्पर्धा गर्न सक्छ भन्ने कुरा थप प्रमाणित गरेको छ।

सन् १९६१ मा स्थापित मोन्ड सेलेक्सन, एक प्रतिष्ठित अन्तर्राष्ट्रिय गुणस्तर संस्थान हो, जसले स्वाद, सामग्री, उत्पादनकला र समग्र उत्कृष्टताको आधारमा पेय पद्धार्थ तथा मदिराहरूको मूल्याङ्कन गर्दछ।

अनुभवी सोमेलियर (मदिरा विशेषज्ञ) र मास्टर ब्लेन्डरहरूको निर्णायक समूहद्वारा गरिएको मूल्याङ्कनपछि प्राप्त भएको यो गोल्ड अवार्डले हिमालयन रिजर्भ ह्विस्किको अन्तर्राष्ट्रिय गुणस्तरलाई प्रमाणित गर्दछ।

‘द हिमालयन रिजर्भ ह्विस्कि’, हिमालयन स्प्रिङ वाटर (हिमालयको शुद्ध पानी) तथा विशेष रूपमा छनोट गरिएका ‘एज्ड स्कच मल्ट’ बाट तयार गरिन्छ।

यसले विश्वस्तरीय प्रिमियम ह्विस्किको सेगमेन्टमा देशको प्रतिनिधित्व गर्दै विश्वबजारमा नेपालको हिस्सा बढाएको छ।

द हिमालयन रिजर्भ ह्विस्किको ‘रिच प्रोफाइल’, ‘स्मुद स्वाद’ र ‘कम्प्लेक्स क्यारेक्टर’ ले गर्दा यो ह्विस्कि पारखीहरूको रोजाई बनेको छ।

यो अवार्डले ब्रान्डको गुणस्तरप्रति समर्पण प्रमाणित गर्दै नेपालले अन्तर्राष्ट्रिय मदिरा उद्योगमा उत्कृष्टता प्रस्तुत गर्न सक्ने क्षमता र थप सम्भावनालाई उजागर गर्दछ।

अवार्डबारे बोल्नुहुँदै द हिमालयन रिजर्भ ह्विस्किका निर्देशक प्रदीप शारडाले भन्नुभयो,
“मोन्ड सेलेक्सन गोल्ड अवार्ड जित्नु हाम्रो मात्र नभएर नेपालको लागि पनि गर्वको क्षण हो। हामीले हाम्रो मातृभूमीबाट विश्वस्तरीय ह्विस्कि विश्वमाझ पस्किने उद्देश्यले द हिमालयन रिजर्भ सुरू गरेका थियौँ, र आज यो सफलताले हाम्रो उत्कृष्टता हासिल गर्ने प्रतिबद्धतालाई प्रमाणित गरेको छ।
हामी यो उपलब्धि नेपाली उत्पादन र हाम्रो उत्पादनकला तथा सीपमा विश्वास राख्नुहुने हाम्रा उपभोक्ताहरूलाई समर्पण गर्न चाहन्छौँ।”

मोन्ड सेलेक्सनको यो सम्मानले द हिमालयन रिजर्भ ह्विस्किलाई नेपाली गौरव र अन्तर्राष्ट्रिय पहिचानको प्रतीक बनाएको छ, जसले नेपालमा उत्पादित मदिराले पनि विश्व मञ्चमा प्रतिस्पर्धा गर्न सक्छ भन्ने कुरा पुष्टि गर्दछ।

द हिमालयन रिजर्भ ह्विस्किको बारेमा :

द हिमालयन रिजर्भ ह्विस्कि एक प्रिमियम ह्विस्कि ब्रान्ड हो, जुन उत्कृष्ट ‘एज्ड स्कच मल्ट’ तथा हिमालयन स्प्रिङ वाटर (हिमालयको शुद्ध पानी) बाट उत्पादन गरिन्छ।

ह्विस्किमा ‘स्मुद’ र ‘रिच’ स्वाद हासिल गर्न विशेष सीप र प्रणालीको साथ नेपालमा उत्पादन गरिने यस ह्विस्किले नेपाली उत्कृष्टतालाई विश्वको ह्विस्कि बजारमा प्रस्तुत गर्दछ।

Leave a Reply

Your email address will not be published. Required fields are marked *