हुम्लामा ट्रकको ठक्करबाट एक वृद्धाको मृत्यु

कर्णाली करिडोर अन्तर्गत हुम्लाको सर्केगाड गाउँपालिका-४ मा ट्रककाे ठक्करबाट एक वृद्धाको मृत्यु भएकाे छ ।

मृत्यु हुनेमा सर्केगाड गाउँपालिका-४ दुल्ली गाउँकी करिब ७२ वर्षकी पानकला थापाकाे मृत्यु भएकाे इलका प्रहरी चा‌ैकी सर्केगाडले जनाएको छ ।

सोमबार दिउँसो सरदमुकाम सिमकाेट आउँदै गरेकाे भे१ ख ३७६४ नम्बर ट्रकले ठक्कर दिँदा उनको मृत्यु भएकाे प्रहरीले जनाएको छ ।

थापाकाे मृत्युपछि स्थानीयले सडक अवरुद्ध बनाएका छन् ।

Leave a Reply

Your email address will not be published. Required fields are marked *