हिमालयको पोखरा–ल्हासा नियमित उडान सोमबारदेखि

नेपालको पर्यटन राजधानी पोखरास्थित अन्तर्राष्ट्रिय विमानस्थलमा सोमबारदेखि नियमित उडान (सेड्युल फ्लाइट) सुरु हुँदैछ ।

यस विमानस्थलमा हिमालय एयरलाइन्सले चीनको ल्हासाका लागि नियमित उडान गर्न लागेको हो ।

यसअघि सिचुआन एयरलाइन्सले नियमित चार्टर उडान थालेको छ । नियमित उडान गर्नेमा हिमालय पहिलो वायुसेवा कम्पनी बन्दैछ ।

कम्पनीका अनुसार हिमालयको नियमित उडानको जहाज सोमबार पोखरा अवतरण गर्ने छ । पोखराबाट ल्हासा भने मंगलबार मात्र उड्ने छ ।

यस रुटमा हिमालयले सातामा एक उडान गर्ने छ । यात्रु चाप बढ्दै जाँदा उडान थप हुने जनाइएको छ ।

Leave a Reply

Your email address will not be published. Required fields are marked *