पोखराको अमरसिंहचौरमा आजदेखि सुरु भएको नाडा प्रिजेन्ट्स वाडा अटो शो २०२५ पहिलो दिनदेखि नै अत्यधिक दर्शक उपस्थितिका साथ उत्साहजनक रुपमा सञ्चालन भएको छ।
पश्चिमाञ्चल अटोमोबाइल डिलर्स एसोसिएसन (वाडा) को आयोजनामा र नाडा अटोमोबाइल एसोसिएसनको सहयोगमा सुरु भएको उक्त प्रदर्शनीको उद्घाटन पोखरा महानगरका प्रमुख धनराज आचार्यले गर्नुभयो।
कार्यक्रममा नाडा अध्यक्ष करण चौधरी, चितवन अटोमोबाइल अध्यक्ष कुलबहादुर क्षेत्री लगायतको सहभागिता रहेको थियो।
प्रदर्शनीमा १९ वटा चारपाङ्ग्रे, ७ वटा दुईपाङ्ग्रे ब्राण्ड, लुब्रिकेन्ट, टायर, ग्यारेज उपकरण, फाइनान्स, बीमा, ट्राभल, हस्पिटालिटी लगायतका २० भन्दा बढी स्टलहरु राखिएको छ।
प्रदर्शनीले अटोमोबाइल बजारको चलायमानता बढाउनुका साथै भिजिट पोखरा २०२५ लाई समेत सघाउने अपेक्षा गरिएको छ।
चार दिनसम्म चल्ने यो अटो शोमा ३५ हजारभन्दा बढी दर्शकको सहभागिता हुने अपेक्षा गरिएको छ।