नाटुको मेकानिक्स प्रशिक्षण कार्यक्रम सम्पन्न

नेपाल अटो–मेकानिक्स ट्रेड युनियन अन्तर्गत बागमती प्रदेशका मोटरसाइकल इन्जिन सम्बन्धी लेथ, बोरिङ, हप सिलिप आदिको कार्यमा संलग्न मेकानिक्सहरूलाई लक्षित गरी वृहत भेला तथा प्राविधिक प्रशिक्षण कार्यक्रम सम्पन्न भएको छ।

भारतको उसा कम्पनीबाट आएका विज्ञ इन्जिनियरहरूको सहकार्यमा आयोजित यस १ दिने प्रशिक्षण कार्यक्रममा १३ जिल्लाका लेथ मेकानिक्सहरूको सहभागिता रहेको थियो। प्रशिक्षणपछि सहभागीहरूलाई प्रमाणपत्र वितरण गरिएको छ।

यस अवसरमा प्रेम पटेराको नेतृत्वमा नयाँ कार्य समिति गठन गरिएको थियो।

यस प्रशिक्षणले नेपालका अटो–इन्जिनियरिङ पेशाकर्मीहरूको सीप अभिवृद्धि गर्दै मोटरसाइकल मर्मतसम्भार सेवाको गुणस्तर वृद्धि गर्न योगदान पुर्‍याउने अपेक्षा गरिएको छ।

Leave a Reply

Your email address will not be published. Required fields are marked *