दिपलको नयाँ शोरुम उद्घाटन

नेपालका लागि चांगान तथा दिपल इभीको आधिकारिक विक्रेता एमएडब्लु वृद्धिअटोकर्पले आजबाट लुम्बिनीको बुटवलस्थित कालिकानगरमा दिपलको नयाँ सोरुम संचालनमा ल्याएको छ।

एमएडब्लु वृद्धिले जेनस मोटर्समार्फत लुम्बिनी प्रदेशका ग्राहकलाई इन्टेलिजेन्ट र फ्युचरिस्टिक दिपल इभीको फस्ट–ह्यान्ड एक्सपिरियन्स दिलाउन नयाँ सोरुम सुरु गरेको हो।

दिपलको नयाँ सोरुमको उद्घाटन बुटवल उपमहानगरपालिका प्रमुख खेलराज पाण्डे, बुटवल उद्योग वाणिज्य संघका अध्यक्ष हरि अर्याल, भैरहवा उद्योग वाणिज्य संघका अध्यक्ष ठाकुर श्रेष्ठ र जेनस मोटर्सका प्रबन्ध निर्देशक क्षेत्र कुमार श्रेष्ठले संयुक्त रुपमा गर्नु भएको हो।

यसै अवसरमा संसारकै पहिलो ट्रान्सफर्मर एसयूभी दिपल ई०७ को विक्री पनि सुरु गरिएको छ।

बुटवलमा नयाँ सोरुम खुलेको अवसर पारेर एमएडब्लु वृद्धिले भैरहवा स्थित मौर्य होटलबाट बिहीबारबाट तीन दिनका लागि “टेस्ट ड्राइभ द फ्युचर” नाम दिइएको टेस्ट ड्राइभ तथा एक्सचेन्ज क्याम्प पनि सुरु गरेको छ।

यो अवधिमा लुम्बिनी प्रदेशका इभी प्रेमीले दिपलका फ्युचरिस्टिक र इन्टेलिजेन्ट इभीहरु दिपल ई०७, दिपल एस०७ र दिपल एल०७ को टेस्ट ड्राइभ गर्न सक्नुहुनेछ।

टेस्ट ड्राइभ क्याम्पमा ग्राहकले फ्रि डायमण्ड कोटिंग, फ्रि ७ किलोवाट चार्जर र एसेसोरिज, आकर्षक क्यास डिस्काउन्ट र टप रिकन्डिसन हाउसबाट पुरानो गाडीको बेस्ट भ्यालुएसन र एक्सचेन्ज बोनस पनि पाउनु हुनेछ।

यसका अलावा दिपलका इभी टेस्ट ड्राइभ गर्नु हुने सबैले दिपलको तर्फबाट उपहार पाउनु हुनेछ।

दिपलमा वेलकम सिट, सनफ्लावर टचस्क्रिन, अग्मेन्टेड रियालिटी हेडअप डिस्प्ले, जेस्चर कन्ट्रोल, हेडरेस्ट र आउटडोर स्पिकर लगायत १५ भन्दा बढी फस्ट-टाइम फिचरहरू छन्, जसका कारण यो इभी नेपाली बजारमा सात सय भन्दा बढी विक्री भइसकेको छ।

Leave a Reply

Your email address will not be published. Required fields are marked *