हालै कतार एयरवेजको विमानमा महिला यात्रीको निधन भएको थियो ।
यात्राको क्रममा उडिरहेको विमानभित्र कुनै यात्रीको मृत्यु भयो भने के हुन्छ ?
यसबारे के कस्ता नियम छन् ? यस्ता घटनामा अन्तर्राष्ट्रिय हवाई यातायात संघ (आयटा) ले छुट्टै प्रोटोकल बनाएको छ ।
जुन यसप्रकार रहेको छ :
–कसैको मृत्यु हुने बित्तिकै कम्पनीको प्रोटोकल अनुसार गन्तव्य विमानस्थललाई यसबारे जानकारी गराउनुपर्ने भएकाले क्याप्टेनलाई तुरुन्तै जानकारी दिनुपर्छ ।
–शवलाई वरिपरि कम यात्री भएको सिटमा सारिन्छ । विमान भरिएको छ भने व्यक्तिलाई उसकै सिटमा राखिन्छ वा चालक दलको विवेकमा व्यक्तिलाई बाहिर निस्कने ढोकामा अवरोध नभएको अर्काे स्थानमा सार्न पनि सकिन्छ । शवलाई सार्दा सावधानी अपनानुपर्छ ।
–एयरलाइन्समा शव राख्ने झोला छन् भने शवलाई त्यसैमा राखिन्छ । शव राखेपछि झोलामा शवको घाँटीसम्म चेन लगाउनु पर्छ ।
–शवलाई सिट बेल्ट वा अन्य उपकरणले बाँधेर राख्नुपर्छ ।
–शव हाल्ने झोला उपलब्ध नभए शवको आँखा बन्द गरेर घाँटीसम्म कम्बलले शरीर ढाकेर राख्नुपर्छ ।
–ट्राभल कम्पनीलाई सम्पर्क गरेर यात्रीको बारेमा जानकारी सङ्कलन गर्नुपर्छ ।
–अवतरण गर्ने बित्तिकै पहिला अन्य यात्रुहरूलाई ओरालिन्छ । शवलाई भने परिवारका सदस्यको साथमा राखिन्छ । स्थानीय अधिकारीहरूले शव देखभालको जिम्मा नलिएसम्म र ग्राउन्ड क्रू उपलब्ध नभएसम्म शवलाई विमानबाट उतार्न मिल्दैन ।