धादिङको गुप्तेश्वरी मन्दिरमा ट्याङकर दुर्घटना

धादिङको गल्छि गाउँपालिका–३ गुप्तेश्वरी मन्दिरमा ट्याङकर दुर्घटना हुँदा दुईजनाको मृत्यु भएको छ ।

दुर्घटनामा परि घाइते भएका गजुरी गाउँपालिका–६ का १८ वर्षीय प्रशान्त चेपाङ र २० वर्षीय जयराम चेपाङको मृत्यु भएको जिल्ला प्रहरी कार्यालय धादिङका डिएसपी सुवास हमालले बताए ।

प्रहरी नायव उपरिक्षक हमालका अनुसार आदमघाटबाट गुप्तेश्वर मन्दिरमा पानी लिएर गएको बागमती प्रदेश ०१–००४ क ३३५२ नम्बरको ट्याङकर ब्याक गर्ने क्रममा अनियन्त्रित भई सडकबाट करिब पाँच सय मिटर तल खसेको हो ।

दुर्घटनामा घाइते भएका प्रशान्त र जयरामलाई उपचारका लागि प्राथमिक स्वास्थ्य केन्द्र गजुरीमा लगिएको थियो । उपचारका क्रममा उनीहरुको ज्यान गएको हो ।

दुर्घटनामा गजुरी गाउँपालिका–६ का १९ वर्षीय सिरिश चेपाङ र १७ वर्षिय सुरेस चेपाङको धादिङ अस्पतालमा उपचारपछि थप उपचारका लागि काठमाडौं पठाइएको छ ।

ट्याङकर चालक गजुरी गाउँपालिका – ६ का २३ वर्षिय दिनेश चेपाङलाई प्रहरीले नियन्त्रणमा लिएको छ ।

Leave a Reply

Your email address will not be published. Required fields are marked *