टाटा कर्भ इभिको भेरिएन्टको नौलो विशेषताहरू

भारतको प्रख्यात विद्धुतीय सवारी निर्माता टाटा.इभीको नेपालस्थित एक मात्र आधिकारिक विक्रेता सिप्रदी ट्रेडिंग प्रा लिले कर्भ .इभीको टप भेरिएन्ट सार्वजनिक गरेको छ ।

राजधानीमा आयोजित “टाटा इभि: चार्जज्ड फर द फ्युचर” कार्यक्रममा सिप्रदिका प्रमुख कार्यकारी अधिकृत राजनबाबु श्रेष्ठ र टाटा मोटर्सका अन्तर्राष्ट्रिय बिजनेस हेड यश खंडेलवालले कर्भ .इभी सार्वजनिक गरेका हुन्।

टाटा कर्भ इभिको टप भेरिएन्ट मूल्य रु. ५६.९९ लाख रहेको छ ।

सोहि कार्यक्रममा कर्भ इभिको साथै टाटाका नंया गाडीहरु नेक्सन केथ्री.इभी र टियागो .इभी २०२५को मोडल पनि नेपालमा डेलिभरी सुरु भएको घोषणा गरेको छ ।

कार्यक्रमलाई सम्बोधन गर्दै टाटा पेसेन्जर इलेक्ट्रिक मोबिलिटी लिमिटेडका अन्तर्राष्ट्रिय व्यापार प्रमुख यश खंडेलवालले भने, “टाटा इभि: चार्जज्ड फर द फ्युचरले” नेपालको समग्र इभी इको सिस्टमलाई सबल र सुदृढ गर्ने प्रति टाटाको प्रतिवद्धतालाई पुन: पुष्टि गर्दछ।

हाम्रो उद्देश्य भनेको नंया र गुणस्तरयुक्त उत्पादन मार्फत समग्र नेपाली यातायात प्रणालीको विद्धुतीकरणको दिशामा सकारात्मक योगदान गर्नु हो।

नेपालमा कर्भ .इभीको प्रवेशसँगै विशिष्ट प्रकारको अत्याधुनिक एसयूभी कुपे डिजाइनको सुरुवात भएको छ।

प्रभावकारी रेन्ज र नंया प्रविधिले सम्पन्न यस गाडीले नेपाली अटो बजारमा ” प्रिमियम मोबिलिटी” लाई साँच्चै सम्भव बनाएको छ। “

त्यस्तैगरी , सिप्रदी ट्रेडिंगका .कार्यकारी अधिकृत राजन बाबु श्रेष्ठले भने, “हामी नेपालमा कर्भ .इभी टप भेरिएन्ट भित्र्याउन पाउँदा अत्यन्त उत्साहित छौं।

कर्भ .इभी डिजाइन, प्रिमियम फिल, सेफ्टी फिचर, उत्कृष्ट साउन्ड सिस्टम र सबैभन्दा महत्वपुर्ण नेपाल बाटो घाटोलाई सुहाउने प्रिमियम गाडी भएकोले प्रिमियम एसयूभी लिन खोज्ने ग्राहकहरुको पहिलो रोजइमा पर्नेमा हामी दुक्क छौ।”

कर्भ .इभी टप भेरिएन्टको विशेषताहरू:
कर्भ .इभी टप भेरिएन्ट टाटा .इभी को उन्नत पियोर इभी आर्किटेक्चर – एक्टी.इभी मा आधारित छ।

यसमा ५५ किलोवाट आवरको ब्याट्री प्याक र ९८ किलोवाट क्षमताको इलेक्ट्रीक मोटर रहेको छ।

५०० लिटरको बुट स्पेस र १८६ एमएमको ग्राउन्ड क्लियरेन्स भएकोले नेपाली बाटोमा सजिलै आरामदायी यात्रा गर्न सकिने छ।

नेपाली बाटोमा सजिलै ३८० किलोमिटरको रेञ्ज पाउन सकिन्छ ।

यसमा एडिएस लेभल २ को क्षमता, ६ वटा एयरब्याग, अल – व्हिल डिस्क ब्रेक, अटो होल्ड, हिल स्टार्ट डिसेन्ट असिस्ट, ३६० डिग्री क्यामेरा, आइ – भीबीएस सहितको इएसपी रहेको कर्भ इभिले सुरक्षा र आराम दुवैको स्तरलाई बढाउँछ।

गाडीमा ३१.२४ सेन्टिमिटरको सिनेमाटिक टचस्कृन इन्फोटेन्मेन्ट, २६.०३ सेन्टिमिटरको डिजिटल ककपिट, भ्वाइस-असिस्टेड पानोरामिक सनरूफ, मल्टि- मूड एम्बियन्ट लाइटिङ, भेन्टिलेटेड सिट जस्ता विशेषताहरू छन्।

यस एसयुभीमा सरल र सहज चार्जिंगको  लागि  घरको भित्तामा जडान गर्न मिल्ने  ७.२ किलोवाट एसी र डीसी फास्ट चार्जिङको सुविधा छ, जसबाट  १० -८० % चार्ज मात्र ४०  मिनेटमा पूरा गर्न सकिन्छ।

Leave a Reply

Your email address will not be published. Required fields are marked *