क्यानडाले रुसी तेल ट्याङ्करमा लगायो प्रतिबन्ध

नेपाल राष्ट्र बैंकले विद्युतीय सवारीसाधन (ईभी) खरिद गर्न बैंकिङ सुविधा असहज बनाएको छ ।

मंगलबार राष्ट्र बैंकले चालु आर्थिक वर्षको मौद्रिक नीतिको अर्धवार्षिक समीक्षा सार्वजनिक गर्दै ईभीको ऋण मूल्य अनुपात ८० प्रतिशतबाट घटाएर ६० प्रतिशतमा झारेको हो ।

यस्तै पेट्रोल तथा डिजेलबाट चल्ने अन्य व्यक्तिगत सवारीसाधनमा भने थप सहज बनाएको छ । यसअघि सवारीसाधनको ऋण मूल्य अनुपात ५० प्रतिशत रहेकोमा १० प्रतिशत बढाएर ६० पुर्‍याएको हो ।

पेट्रोल तथा डिजेलबाट चल्ने सवारीसाधन र ईभीको ऋण मूल्य अनुपात बराबर भएको छ ।

नाडा अटोमोबाइल्स एसोसिएसन अफ नेपालका उपाध्यक्ष राजनबाबु श्रेष्ठले राष्ट्र बैंकले ल्याएको नीति सरकारले ईभीलाई प्रोत्साहन गर्ने लक्ष्य विपरीत रहेको बताए ।

उनले ८० प्रतिशतबाट एकैचोटी २० प्रतिशत घटाउँदा ईभी प्रयोग बढ्नुका सट्टा झन् घट्ने बताए ।

पेट्रोल तथा डिजेलबाट चल्ने सवारीसाधनको ऋण मूल्य अनुपात १० प्रतिशत बढाउनु सकारात्मक रहेको उनले बताए ।

Leave a Reply

Your email address will not be published. Required fields are marked *