विपी राजमार्गमा यात्रुवाहक बस दुर्घटना हुँदा २४ यात्रु घाइते भएका छन् ।
मंगलबार बिहान बस दुर्घटनामा परेकाे हाे ।
काठमाडौंबाट रामेछाप जाँदै गरेको बागमती प्रदेश-३-०१-००५ ख ९९४२ नम्बरको यात्रुबाहक बस धुलिखेल-१० शारदा बतासेमा आफै अनियन्त्रीत भई सडकको नालीमा पल्टिएको छ।
जिल्ला प्रहरी कार्यालय काभ्रेपलान्चोकका अनुसार बसका चालक र सहचालकको अवस्था गम्भीर छ।