Skip to content
कोशी राजमार्ग अन्तर्गत खाँदबारी किमाथांका सडक खण्डको भोटखोलामा पहिरोका कारण सोमबार बिहानदेखि सडक अवरुद्ध भएको छ ।
आज बिहान भोटखोलाको हटिया र हुङ्गगुङ्ग बीचको धिग डाँडा खण्डमा पहिरो झरेको भोटखोला गाउँपालिकाका अध्यक्ष वाङ्गछेदर भोटेले बताए ।
उनका अनुसार १५ मिटर माथिबाट ठूल्ठूला ढुंगा खसेर सडक अवरुद्ध भएको छ।
खाँदबारीबाट एक सय ९ किलोमिटरको दूरीमा पहिरो खसेको हो । पहिरो खसेपछि भोटखोलाबाट खाँदबारी आउने यातायातका साधन वारपार हुन सकेका छैनन् ।
खाँदबारीबाट गएका सवारीसाधन पनि बाटैमा अलपत्र परेको छन् ।
पहिरो हटाउन उत्तर दक्षिण कोशी सडक योजनासँग अध्यक्ष भोटेले माग गरेका छन् ।
पहिरोले करिब ३० मिटर सडक पुरिएको छ।
Post Views: 257