धादिङको थाक्रेमा ट्रक दुर्घटना

पृथ्वी राजमार्गअन्तर्गत धादिङको थाक्रे गाउँपालिका -२ हुलाक डाँडामा खाद्यान्न बोकेको ट्रक दुर्घटना हुँदा एक जना घाइते भएका छन् ।

खाद्यान्न बोकेर विरगञ्जबाट काठमाडाैंतर्फ आउँदै गरेको मधेश प्रदेश ०३००२ ख १८६८ नम्बरको ट्रक दुर्घटना हुँदा दोलखा मेलुङ गाउँपालिका–६ का  ४५ वर्षीय रमेश श्रेष्ठ घाइते भएको जिल्ला प्रहरी कार्यालय धादिङका प्रहरी नायव उपरिक्षक सुवास हमालले बताए ।

प्रहरी उपरीक्षक हमालका अनुसार ट्रक सडक भन्दा ३० मिटर तल खसेको छ ।

श्रेष्ठको टाउकोमा चोट लागेको छ । टाईम्स केयर अस्पताल महादेववेशीमा उपचार भइरहेको छ ।

Leave a Reply

Your email address will not be published. Required fields are marked *