उदयपुरमा सवारी दुर्घटना

मदन भण्डारी लोकमार्गको उदयपुरको उदयपुरगढी गाउँपालिका–७ जोगीटोलमा सवारी दुर्घटना हुँदा एक जनाको मृत्यु भएको छ भने पाँचजना घाइते भएका छन् ।

जिल्ला प्रहरी कार्यालय उदयपुरका अनुसार गएराती भएको दुर्घटनामा बाराको गढी गाउँपालिका–ं ४ का वर्ष ७० का सिताराम धामीको मृत्यु भएको हो ।

जिल्ला प्रहरी कार्यालय उदयपुरका प्रहरी निरीक्षक सन्तोष काकीका अनुसार मदन भण्डारी लोकमार्ग हुँदै २५/३० जना जन्ती बोकेर तर्फ आउँदै गरेको बागमती प्रदेश ०६–००१ ख ०१९५ नम्वरको बस र विपरीत दिशाबाट तेजपत्ता बोकी कटारी तर्फ जाँदै गरेको ना८ख २४०४ नम्वरको मिनी ट्रक एकआपसमा ठक्कर खाई दुर्घटना भएको थियो ।

ट्रकमा चालक र सहचालक गरी दुईजना सवार रहेका थिए ।

दुर्घटनमा घाइते भएका सबैलाई जिल्ला अस्पताल उदयपुर गाईघाट ल्याइएको थियो ।

घाइतेमध्ये धामीको जिल्ला अस्पतालले मृत घोषणा गरेको थियो ।

खड्काले उक्त दुर्घटनामा जम्मा २६ जना घाईते भएकोमा २० जना जिल्ला अस्पतालमा सामान्य उपचार गरी डिस्चार्ज भएको र दुईजनाको जिल्ला अस्पताल उदयपुरमा उपचार भइरहेको र तीनजना न्यूरो अस्पताल बिराटनगर उपचारको लागि पठाइएको छ ।

Leave a Reply

Your email address will not be published. Required fields are marked *