जमलमा बसको ठक्करबाट साइकलयात्रीको मृत्यु

काठमाडौं महानगरपालिका–१, जमलमा घएको दुर्घटनामा एकजनाको मृत्यु भएको छ।

विश्वज्योति हलनजिक सडकमा भोटाहिटीदेखि त्रिचन्द्रतर्फ जाँदै गरेको बा.५ ख ८७६१ नम्बरको बसको ठक्करबाट साइकलयात्री ओखलढुंगा घर भई काठमाडौं डल्लु बस्ने ५६ वर्षीय अम्बरबहादुर बोगटीको मंगलबार दिउँसो मृत्यु भएको हो।

दुर्घटनामा गम्भीर घाइते भएका उनको राष्ट्रिय ट्रमा सेन्टरमा उपचारको क्रममा मृत्यु भएको हो।

बसचालकलाई प्रहरीले नियन्त्रणमा लिएर कारबाही अघि बढाएको छ।

 

Leave a Reply

Your email address will not be published. Required fields are marked *