जनकपुरमा ‘बजाज माइलेज च्याम्पियन’ सम्पन्न

जनकपुरमा ‘बजाज माइलेज च्याम्पियन’ सम्पन्न भएको छ ।

आफ्नो प्लाटिना मोटरसाइकलको उच्चतम माइलेज क्षमता प्रदर्शन गर्न जनकपुरका चालकहरू यस बजाज माइलेज च्याम्पियनमा सहभागी भएका थिए ।

जनकपुरको बाह्रबिघामा सोमबार उक्त कार्यक्रम सम्पन्न भएको हो । ४०० भन्दा बढीको उपस्थिति रहेको उक्त माइलेज च्याम्पियनमा १०२ जना प्लाटिना राइडरहरूले सहभागिता जनाएका थिए ।

माइलेज च्याम्पियनमा सहभागी चालकहरूले न्यूनतम लागतमा सबैभन्दा धेरै दूरी तय गर्ने लक्ष्यसहित प्रतिस्पर्धा गरेका थिए ।

माइलेज च्याम्पियनमा मोहनकुमार महतोले ९३.६ किमि प्रतिलिटरको प्रभावशाली प्रदर्शन गर्दै पहिलो स्थान हासिल गरेका थिए ।

त्यस्तै ८८.२ किमि प्रतिलिटरको प्रदर्शनका साथ सिद्धान्तप्रसिद शाह दोस्रो स्थानमा रहेका थिए भने ८६.४ किमि प्रतिलिटरको प्रदर्शन गर्दै राहुलकुमार शाह तेस्रो स्थानमा रहेका थिए ।

यो कार्यक्रमले बजाज प्लाटिनाको इन्धन बचत र भरपर्दो विशेषताहरूलाई झल्काउनुका साथै बजाजप्रेमीहरूबीच समुदाय र मैत्रीपूर्ण प्रतिस्पर्धाको भावना पनि प्रवर्द्धन गरेको छ ।

आम ग्राहकलाई बजाज प्लेटिनाको माइलेज र विशेषताबारे जानकारी दिन उक्त च्याम्पियन आयोजना गरिएको बजाजका एरिया सेल्स म्यानेजर सुजन चौधरीले बताए ।

बजाजका मोटरसाइकलहरूमध्येमा पनि प्लाटिना मोटरसाइकल अधिकतम माइलेज दिने मोटरसाइकलमा पर्दछ ।

पछिल्लो समय पेट्रोलियम पदार्थको मूल्यवृद्धि भएसँगै आम ग्राहकमा यो मोटरसाइकल अत्यधिक लोकप्रिय छ ।

Leave a Reply

Your email address will not be published. Required fields are marked *