बससेवाको भ्यालेन्टाइन अफर

मोबाइल तथा अनलाइनबाट बसको टिकट काट्ने सेवा प्रदान गर्दै आएको बससेवा डटकमले भ्यालेन्टाइन डेको अवसरमा छुट अफर सुरु गरेको छ ।

देशका विभिन्न गन्तव्यमा जाने यात्रुहरूलाई टिकट काट्दा ५०० रुपैयाँसम्मको छुट दिने अफर सुरु गरिएको बससेवाले जनाएको छ ।

‘भ्यालेन्टाइन डेमा बससेवाको अफर, भारी छुटमा घुम्न जाउँ सरर’ भन्ने स्लोगनसहित सुरु भएको अफरमा देशभरका जोकोही पनि सहभागी हुन सक्नेछन् ।

अनलाइनमार्फत् बसको टिकट काट्नेहरूको संख्या बढिरहेको अवस्थामा जोखिमरहित र झन्झटरहित तरिकाले घरैबाट टिकट काट्न यात्रुलाई अभ्यस्त बनाउन यस्तो अफर ल्याइएको बससेवाले जनाएको छ ।

माघ २४ गते बिहीबारदेखि सुरु भएको अफर आगामी फागुन १० गतेसम्म सञ्चालन हुने बससेवाले जनाएको छ ।

बससेवाले आफ्नो मोबाइल एप तथा वेबसाइटबाट टिकट काट्ने यात्रुलाई अफरको सूची अनुसार छुट उपलब्ध गराउने छ ।

प्रयोगकर्ताले वेबसाइट तथा मोबाइल एपमा अफर संलग्न गरिएको टिकट खरिद गरी छुट पाउने बससेवाद्वारा जारी विज्ञप्तिमा उल्लेख छ ।

बससेवाका अनुसार लामो दुरीको टिकट काट्नेहरूले ५०० रुपैयाँ छुटमा सीधै टिकट काट्न सक्छन् ।

त्यसैगरी छोटो दुरी वा न्यूनतम ९०० रुपैयाँको टिकट काट्नेले ३०० रुपैयाँ छुट पाउनेछन् ।

चितवनभन्दा छोटो दुरीको टिकट काट्ने वा ९०० रुपैयाँभन्दा कम मूल्यको टिकट काट्नेको हकमा भने यो अफर लागू हुनेछैन ।

स्तरीय र नियमित सञ्चालन हुने बसहरूमा यो अफर सञ्चालन गरिने भएकाले यात्रुहरूलाई सहज हुने बससेवाका प्रमुख कार्यकारी अधिकृत पिआर खनालले बताए ।

उनका अनुसार फागुन १० गतेसम्ममा यात्रा गर्ने गरी बुक हुने सबै टिकटमा छुट उपलब्ध हुनेछ ।

अहिले बससेवाबाट बढीमा २ हजार ८०० रुपैयाँसम्ममा देशका सबै गन्तव्यको टिकट काट्न सकिन्छ ।

बससेवाले सडकमा सवारी चापको समस्यालाई ध्यानमा राखेर यात्रु व्यवस्थापनका लागि काठमाडौँको कलंकीमा प्यासेन्जर लाउन्ज सञ्चालनमा ल्याइसकेको छ ।

बससेवाबाट टिकट काटेका यात्रुले कुनै पनि गन्तव्यमा जानका लागि सो लाउन्जबाट सेवा लिन सक्ने कम्पनीले जनाएको छ ।

बससेवामा ५०० भन्दा बढी यातायात समिति तथा कम्पनी आबद्ध छन् ।

उल्लेखित समिति तथा कम्पनीहरूका हजारौँ संख्याका बसका लाखौँ टिकट अनलाइनमार्फत् खरिद गर्न सकिने बससेवाले जनाएको छ ।

बससेवाको वेबसाइट https://bussewa.com/ बाट अग्रिम टिकट बुकिङ गर्नुका साथै बससेवाको आधिकारिक फेसबुक पेजबाट नियमित अपडेट पाउन सकिने बस सेवाले जनाएकाे छ ।

Leave a Reply

Your email address will not be published. Required fields are marked *