सुदूरपश्चिम अटोमोबाइल्स एसोसिएसनको अध्यक्षमा पुष्कर राज ओझा निर्वाचित भएका छन्।
धनगढीमा सम्पन्न साधारण सभाद्वारा ओझाको नेतृत्वमा संघको नयाँ कार्यसमिति निर्विरोध निर्वाचित भएको हो।
सुदूरपश्चिम प्रदेश खेलकुद परिषद्का सदस्य सचिव दिपक बहादुर सिंहले सो साधारण सभाको उद्घाटन गरेका थिए।
कार्यसमितिको उपाध्यक्षमा श्याम जोशी, सचिव प्रजापति जोशी, र कोषाध्यक्षमा स्मारिका बम निर्वाचित भए।
त्यसैगरी, सदस्यहरूमा सुमन सैंजू, एलिस भण्डारी, र दीपेन्द्र राना चयन भए भने विनोद बलायरलाई समितिको सदस्य मनोनित गरियो।
विगत १६ वर्षदेखि मोटर स्पोर्ट्स, अटोमोबाइल मोबिलिटी, सडक सुरक्षा, र अटोमोबाइल क्षेत्रको पेशागत हकहितमा कार्य गर्दै आएको नेपाल अटोमोबाइल्स एसोसिएसनको सुदूरपश्चिम प्रदेश संघका रूपमा दर्ता भएको यो एसोसिएसन सुदूरपश्चिम प्रदेश खेलकुद परिषद्सँग आबद्ध छ।
साधारण सभाले धनगढी अटोक्रस र र्याली, मोटरसाइकल फ्ल्याट रेसिङ, टुरिङ र्याली तथा सडक सुरक्षाका लागि युवा कार्यशाला जस्ता कार्यक्रम समेत पारित गरेको छ।
कर्णाली प्रदेश खेलकुद परिषद्का पूर्व सदस्य सचिव विश्वामित्र सञ्जेल र नेपाल अटोमोबाइल्स एसोसिएसन ट्रेनिङ तथा मार्शल कमिसनका सचिव आशिष रौनियारले नवनिर्वाचित पदाधिकारी तथा सदस्यहरूलाई बधाई दिएका थिए।
एफआईए वर्ल्ड काउन्सिल सदस्य गोविन्द भट्टराईले राष्ट्रिय संघ र अन्तर्राष्ट्रिय महासंघहरूको क्यालेन्डरबारे प्रकाश पारे।