नदीमा डुबेको अवस्थामा मोटरसाइकल फेला

सिन्धुलीको सुनकोसी गाउँपालिका वडा नम्बर–७ स्थित कानढुंग्रीमा सुनकोसी नदीमा डुबेको अवस्थामा मोटरसाइकल फेला परेको छ ।

बीपी राजमार्गबाट नदीमा खसेको अवस्थामा ज.१० प २६०४ नम्बरको अपाचे मोटरसाइकल फेला परेको जिल्ला प्रहरी कार्यालय सिन्धुलीले जनाएको छ ।

राजमार्गबाट करिब ३५ मिटर तल नदीबाट सशस्त्र प्रहरी बलको टोलीले मोटरसाइकल निकालेको छ ।

सो मोटरसाइकल सर्लाहीका बरहथवा नगरपालिका–७ घर भएका राजाबाबु यादवले चलाएका थिए ।

उनी अर्को सवारीमा चढेर आएको र ललितपुरको इमाडोलमा उपचार गराइरहेको जिल्ला प्रहरी कार्यालय सिन्धुलीका एकजना अधिकृतले रातोपाटीलाई बताए ।

Leave a Reply

Your email address will not be published. Required fields are marked *