सुरुङमार्ग ‘ब्रेक थ्रु’ गरिए पनि सुरुङभित्रको लाइनिङ र स्लोप मिलाउन बाँकी छ । तसर्थ गाडी गुडाउन अझै एक वर्ष लाग्ने सिद्धबाबा सुरुङ आयोजना कार्यालयले जनाएको छ ।
सिद्धार्थ राजमार्ग भएर साना–ठुला दैनिक हजारौँ सवारी बुटवलबाट पाल्पा, गुल्मी, अर्घाखाँची, स्याङ्जा, पोखरा, बागलुङलगायत लुम्बिनी र गण्डकीका पहाडी जिल्लामा ओहोरदोहोर गर्छन् ।
आयोजनाकी सूचना अधिकारी इन्जिनियर सविता ज्ञवालीका अनुसार सुरुङभित्र केही समस्या आए बाइपासबाट निस्कन मिल्ने गरी तीनवटा बाइपास बनाउने काम पनि भइरहेको बताइन् । पहिलो बाइपासको लम्बाइ १५१ मिटर, दोस्रोको १६१ र तेस्रोको १३० मिटर छ ।
चाइना स्टेट कन्स्ट्रक्सन इन्जिनियरिङ कर्पोरेसनले सात अर्ब ३४ करोड २१ लाखमा निर्माण सक्ने गरी ठेक्का लिएको थियो । २५ फागुन ०७८ को सम्झौताअनुसार ८ चैत ०८३ भित्र काम सम्पन्न गर्नुपर्नेछ ।