बर्दियाको जब्दीघाटस्थित बबई नदीमा सात वर्षदेखि अवरुद्ध पक्की पुल अब पुनः निर्माण हुने भएको छ।
अर्थ मन्त्रालयले १ अर्ब १ करोड २९ लाख रुपैयाँ बजेट सुनिश्चित गरेपछि निर्माण प्रक्रिया अघि बढ्ने भएको हो।
सडक डिभिजन कार्यालय बाँकेका प्रमुख नरेन्द्र भट्टका अनुसार ११ मिटर चौडाइ र ४ सय मिटर लम्बाइको पुल डिजाइन एन्ड बिल्ड प्रक्रियाबाट निर्माण गरिनेछ। बोलपत्र प्रक्रिया यसै महिनाभित्र सुरु हुने तयारी छ।
२०७४ सालमा बाढीले दुई स्पान भासिएर जीर्ण बनेको पुल पप्पु कन्स्ट्रक्सनले निर्माण गरेको थियो।
ठेक्का तोडेर क्षतिपूर्ति माग्ने प्रक्रिया अघि बढेपछि निर्माण विवादमा परेको थियो।
नयाँ पुलले बर्दियाको बारबर्दिया र गुलरिया नगरपालिकालाई जोड्नेछ।
भौतिक पूर्वाधारमन्त्री देवेन्द्र दाहालले निरीक्षण गर्दै त्रुटी र लापरवाही नगर्न निर्देशन दिएका छन्।