‘दिपल ई०७’ सार्वजनिक गर्ने तयारी

नेपालका लागि चांगान कार तथा दिपल ईभीको आधिकारिक विक्रेता एमएडब्लू वृद्धिले अटोमोबाइल उद्योगमा नयाँ सेग्मेन्ट स्थापना गर्दै विश्वकै पहिलो ‘ट्रान्सफर्मर’ एसयूभी दिपल ई०७ सार्वजनिक गर्ने तयारी गरिरहेको छ ।

‘भर्सटाइल, इन्टेलिजेन्ट, क्यापाबल र स्टाइलिस’ दिपल ई०७ ले मानव जातिको यात्रा अनुभवमै क्रान्ति ल्याउने अपेक्षा कम्पनीको छ ।

चांगानको एक सय ६३ वर्ष लामो विरासतलाई नयाँ युगमा पुर्‍याउने अपेक्षा गरिएको दिपल ई०७ मा चांगानको प्राथमिकतामा रहेको अत्याधुनिक प्रविधि र अद्वितीय डिजाइन त छँदै छ अब अफरोड क्षमतालाई पनि सम्बोधन गरेको कम्पनीको भनाइ छ ।

ई०७ एउटा एसयूभी मात्र होइन ‘लाइफस्टाइल स्टेटमेन्ट’ हुने छ ।

दिपल ई०७ संसारकै पहिलो ‘मास–प्रड्युस्ड ट्रान्सफर्मर एसयूभी’ हो जुन एउटा बटन थिच्दा एसयूभीबाट ट्रकमा कन्भर्ट हुन्छ, जसले यसलाई सहरका लागि मात्र होइन अफरोडका लागि पनि उत्तम बनाउने छ ।

यसको डिजाइन ‘स्लिक र एरोडाइनामिक्स’ लाई ध्यानमा राखेर गरिएको छ । तर, ‘पर्फमेन्स अफरोड’ का लागि जाति हुनुका साथै आरामदायी पनि छ ।

१९० किलोवाटको ‘रियरह्विल ड्राइभ’ ले २५८ पीएस पावर र ३६५ एनएम टर्क उत्पन्न गर्नेछ भने यसको रेन्ज ५६६ किलोमिटर ‘डब्लूएलटीपी’ रहनेछ र यसमा ‘अल्ट्रा–फास्ट डीसी चार्जर’को क्षमता रहेको छ ।

कठोर भौगोलिक अवस्था र सडकका लागि बनाइएको ई०७ को ‘वाटर–वेडिङ’ क्षमता ६०० एमएम रहेको छ ।

साथै यसमा २८.८६ इन्चको ‘अग्मेन्टेड एचयूडी’ र ‘थ्रिडी मोडेल कार कन्ट्रोल इन्टरफेस’ रहेको छ ।

यसबाहेक ‘जिरो ग्रेभिटी’, १८ स्पिकर, ‘अटोपार्किंक’ जस्ता फिचरहरू रहेको कम्पनीले जनाएको छ ।

अफरोडका लागि यसमा अत्याधुनिक ‘सस्पेन्सन सिस्टम’ राखिएको छ ।

अगाडि ‘डबल विसबोन’ र पछाडि ‘एच आर्म सस्पेन्सन’ राखिएको छ जसले ‘रोड इम्प्याक्ट’लाई सोस्नुका साथै खराब सडकमा ‘टायर कन्ट्याक्ट’लाई ‘स्टेबल’ राख्छ ।

Leave a Reply

Your email address will not be published. Required fields are marked *