मोटरसाइकल दुर्घटनामा चालकको मृत्यु

मोरङको मिक्लाजुङमा सोमबार राति मोटरसाइकल दुर्घटना हुँदा चालकको मृत्यु भएको छ।

प्रहरीका अनुसार रमितेबाट धोबेनी बजारतर्फ आउँदै गरेको प्रदेश १–०४–००१ प ३६१२ नम्बरको मोटरसाइकल आफैं अनियन्त्रित भएर सोमबार राति ९:३० बजेतिर मिक्लाजुङ गाउँपालिका–३ स्थित अधिकारी चोकमा दुर्घटनामा परेको हो।

सडकबाट उछिट्टिएर बाटोको नालीमा मोटरसाइकल खस्दा चालक मिक्लाजुङ–३ का ३४ वर्षीय प्रदीप राईको मृत्यु भएको मोरङ ट्राफिक प्रमुख इन्स्पेक्टर राजन लम्सालले बताए।

राईलाई घाइते अवस्थामा उद्धार गरेर उर्लाबारीस्थित अरनिको अस्पताल लगिएको थियो।

उपचारका क्रममा करिब १ घण्टापछि चिकित्सकले मृत घोषित गरेको इन्स्पेक्टर लम्सालको भनाइ छ।

मोटरसाइकलको तीव्र गतिका कारण दुर्घटना भएको प्रहरीको प्रारम्भिक अनुसन्धानबाट खुलेको छ।

 

Leave a Reply

Your email address will not be published. Required fields are marked *