Skip to content
दोलखाबाट काठमाडौं आउँदै गरेको बस सिन्धुपाल्चोकको सुनकोशी गाउँपालिका-७ पाँचकिलोमा दुर्घटना भएको छ।
जिल्ला प्रहरी कार्यालय सिन्धुपाल्चोकका अनुसार दुर्घटनामा दुईजना यात्रु सामान्य घाइते भएपनि मानवीय क्षति भएको छैन।
बसमा ४० जना यात्रु सवार थिए।
बसको ब्रेक फेल भएर भित्तामा पल्टिएको चालकले प्रहरीलाई जानकारी दिएको छ।
घटनाबारे थप अनुसन्धान भइरहेको प्रहरीले जनाएको छ।
Post Views: 319