टोखामा मोटरसाइकलको ठक्करबाट पैदलयात्रुको मृत्यु

काठमाडौंको टोखा नगरपालिका–८, मिलनटोलमा मोटरसाइकलको ठक्करबाट पैदलयात्रुको मृत्यु भएको छ।

बुधबार साँझ बा.६३ प १४४७ नम्बरको मोटरसाइकलको ठक्करबाट पैदलयात्री नुवाकोट शिवपुरी गाउँपालिका–५ घर भई काठमाडौं तार्केश्वर बस्ने ४० वर्षीया सुन्तली लामाको मृत्यु भएको हो।

ठक्करबाट गम्भीर घाइते भएकी उनको ग्रान्डी अस्पतालमा उपचारको क्रममा मृत्यु भएको हो।

साथै, दुर्घटनामा घाइते भएका मोटरसाइकलचालकको सोही अस्पतालमा उपचार भइरहेको र घटनाको अनुसन्धान भइरहेको प्रहरीले जनाएको छ।

Leave a Reply

Your email address will not be published. Required fields are marked *