टाटाको ‘न्यु व्हिल्स, न्यु डिल्स’

नयाँ वर्ष सन् २०२५ को अवसरमा नेपालका लागि टाटा मोटर्सको एकमात्र अधिकारिक वितरक सिप्रदी ट्रेडिङले २६ पुसदेखि २८ पुससम्म  ‘न्यु व्हिल्स, न्यु डिल्स’ कार्यक्रम आयोजना गर्ने भएको छ ।

यस अवधिमा टाटाको टियागो ईभी र पन्च ईभीको हरेक बुकिङमा आकर्षक डिल्सको साथै आकर्षक उपहार प्राप्त गर्न सकिने कम्पनीले जनाएको छ ।

यो एक्सचेन्ज क्याम्पमा जुनसुकै ब्रान्डका पुराना गाडीसँग आकर्षक डिल्समा टियागो ईभी र पन्च ईभी साट्न सकिने छ ।

आकर्षक एक्सचेन्ज बोनसको साथै उक्त कार्यक्रममा गाडी खरिद गर्ने ग्राहरुले सिप्रदीको चार्जिङ नेटवर्कमा लाइफ टाइम निःशुल्क चार्जिङ, निःशुल्क इम्बोस्ड नम्बर प्लेट, १ वर्षको सवारी कर, एक्सेसरिज र हरेक बुकिङमा आकर्षक उपहार प्राप्त गर्न सक्ने छन् ।

‘न्यु व्हिल्स, न्यु डिल्स’ टाटा मोटर्सको देशभरिका शोरुमहरूमा आयोजना हुन कम्पनीले जनाएको छ ।

सो अवसरमा ग्राहकहरूले टाटा मोटर्सको नयाँ तथा अत्याधुनिक डिजाइनका उत्पादनहरू अवलोकन तथा टेस्ट ड्राइभ गर्न सक्नेछन् ।

Leave a Reply

Your email address will not be published. Required fields are marked *