Skip to content
सिन्धुलीको हरिहरपुरगढी गाउँपालिका-२ जखौलीस्थित सडकमा ना.३ च ५९७६ नम्बरको बोलेरो अनियन्त्रित भई आइतबार बेलुकी दुर्घटना भएको छ ।
दुर्घटनामा बोलेरोमा सवार सोही ठाउँ बस्ने २० वर्षीय कैलाश राईको मृत्यु भएको छ ।
दुर्घटनामा गम्भीर घाइते भएका उनको चुरेहिल अस्पताल हेटौँडामा थप उपचारको क्रममा मृत्यु भएको हो ।
साथै दुर्घटनामा घाइते भएका बोलेरोमा सवार २ जनाको स्थानीय पोलिक्लिनिक झनझनेमा उपचार भइरहेको छ ।
प्रहरीले बोलेरो चालकलाई नियन्त्रणमा लिई दुर्घटनाका सम्बन्धमा आवश्यक अनुसन्धान गरिरहेको छ ।
Post Views: 227