सडकलाई समृद्धिसँग जोड्नुपर्ने

सडकलाई समृद्धिसँग जोड्नुपर्ने: भौतिक पूर्वाधार तथा यातायातमन्त्री देवेन्द्र दाहालले सडक तथा संरचनाहरूलाई आर्थिक समृद्धिसँग जोड्नुपर्ने बताएका छन्।

सडक बोर्ड नेपालको २२औँ स्थापना दिवसको अवसरमा सोमबार बोर्डमा आयोजित कार्यक्रममा उनले सडक तथा पूर्वाधारलाई आर्थिक समृद्धिसँग जोड्न आवश्यक रहेको बताएका हुन्।

अब बन्ने संरचनाहरूले देशको समृद्धि यात्रामा कति महत्त्व राख्छन् भन्ने विषयलाई ध्यान दिन जरुरी रहेको उनको भनाइ थियो।

उनले अब बन्ने संरचनाहरूलाई दिगो, सुरक्षित र उपयोगी बनाउनेतर्फ ध्यान दिनुपर्ने पनि बताए।

जनजीविका, राजस्व संकलन, आर्थिक क्रियाकलाप तथा बृहत् जनसंख्या र भूगोललाई प्रत्यक्ष फाइदा पुर्‍याउने योजनाहरूमा मन्त्रालयले प्राथमिकता दिएको भन्दै उनले अब कुनै पनि संरचना निर्माण गर्दा प्राथमिकता निर्धारण गर्न जोड दिए।

कार्यक्रममा मन्त्री दाहालले सडक बोर्डअन्तर्गत रहेका रुग्ण ठेक्काहरूको शीघ्र व्यवस्थापन गर्न निर्देशन दिए।

साथै, सडक मर्मतसँगै अनुगमनलाई समेत प्रभावकारी बनाउन आग्रह गरे।

Leave a Reply

Your email address will not be published. Required fields are marked *