एक्सपेंग मोटर्स अब चितवनमा: नेपाली विद्युतीय सवारी साधनको वितरक सीजी मोटर्सले चिनियाँ अटोमोबाइल ब्रान्ड एक्सपेंगको चितवनमा भव्य रुपमा लञ्च गरेको छ।
CG मोटर्सले युरो मोटर्सलाई चितवन क्षेत्रका लागि आधिकारिक डिलरको रूपमा औपचारिक रूपमा घोषणा गरेको छ।
काठमाडौं र पोखरामा सफलतापूर्वक शोरुमको स्थापना पश्चात यो लञ्चले नेपालमा एक्सपेंगको उपस्थिति थप विस्तार गरेको छ, जसले स्थानीय ग्राहकहरूलाई अत्याधुनिक, वातावरणमैत्री सवारीसाधन र भरपर्दो सेवा प्रदान गरिरहेको छ।
उक्त कार्यक्रममा चितवन उद्योग वाणिज्य संघका अध्यक्ष सुमन श्रेष्ठ, यूरो मोटर्सका प्रबन्ध निर्देशक सन्तोष भट्टराई, वडा नम्बर २ का अध्यक्ष मनोज रानाभाट, र सीजी मोटर्सका प्रमुख कार्यकारी अधिकृत हेमन्त अग्रवालको उपस्थिति रहेको थियो।
सन्तोष भट्टराईको स्वागत मन्तव्य पश्चात सुमन श्रेष्ठ र मनोज रानाभाटले कार्यक्रममा आफ्नो प्रमुख मन्तव्य व्यक्त गर्दै मिडियालाई एक्सपेंग ब्रान्डको परिचय गराउनुभयो।
साथै, सीजी मोटर्सका सीईओनिर्देशक हेमन्त अग्रवालले कार्यक्रमको क्रममा एक्सपेंगका भविष्यका योजनाहरू प्रस्तुत गर्नुभयो।
यस लञ्च कार्यक्रममा एक्सपेंगको नयाँ जी६ मोडल प्रस्तुत गरिएको थियो, जसले स्मार्ट प्रविधि र दिगो डिजाइनमा जोड दिएको छ।
जी६ ले विश्वकै उच्च सुरक्षा परीक्षण E-NCAP मा ५- स्टार रेटिङ प्राप्त गरेको छ।
यसले स्वचालित ड्राइभिङ प्रविधि, SEPA 2.0 संरचना, नियमित OTA अपडेटहरू, XOS अपरेटिङ सिस्टम, र 800V सुपर-फास्ट चार्जिङ सुविधा प्रदान गर्दछ।
जी६ को मोटर पावर 190 kW र टर्क 440 Nm छ, जसले 66kWh ब्याट्री प्याकसहित 435 किलोमिटरको रेन्ज दिन्छ।
यसका थप विशेषताहरूमा अगाडिको र पछाडिको एक्सलमा 50:50 तौल वितरण, समग्र स्पोर्टी प्रदर्शनका लागि एल्युमिनियम डाइ-कास्ट बडी, र ९-आयामीय ब्याट्री सुरक्षासहितको संरचना सामेल छन्, जसले G6 लाई विशिष्ट बनाउँछ।
सीजी मोटर्सले हालसालै ग्राहक सेवालाई थप प्रार्थमिकता दिँदै बागडोल, काठमाडौंमा आफ्नो अत्याधुनिक सेवा केन्द्र उद्घाटन गरेको छ।
साथै, सीजी मोटर्सले २४/७ सडक सहायताका लागि हटलाइन नम्बर +९७७ ९७०७०९४२०७ मार्फत प्रदान गरिने सीजी केयर्स सेवा पनि प्रस्तुत गरेको छ।
चितवनका ग्राहकहरूले पनि यो CG केयर सुविधाबाट लाभ लिन सक्नेछन्। CG मोटर्सले ग्राहकहरूलाई विशेष सेवा कुशलतापूर्वक प्रदान गर्दै आइरहेको छ।
Visit homepage : eautonepal.com