लिपमोटरको विशेष टेस्ट ड्राइभ कार्यक्रम घोषणा : लिपमोटरले उत्तरढोका, काठमाडौँमा विशेष टेस्ट ड्राइभ कार्यक्रमको घोषणा गरेको छ। यो कार्यक्रम २०८१ मङ्सिर३०देखि पुष ६ सम्म सञ्चालन हुनेछ र सबैका लागि खुला हुनेछ।
यस विशेष कार्यक्रममा सहभागीहरूले लिपमोटर C10 इलेक्ट्रिक SUV को लक्जरी अनुभव गर्ने अवसर पाउनेछन्।
लिपमोटर C10 एक लक्जरी इलेक्ट्रिक SUV हो, जुन आधुनिक चालकहरूको आवश्यकतालाई ध्यानमा राखेर निर्माण गरिएको छ।
यसमा ६९.९ kWh LFP ब्याट्री, १६० kW मोटर पावर, र ३२० Nm टर्कको क्षमता रहेको छ। यो गाडीले ४२० किमी (WLTP) दायरा दिनेछ भने १९० मिमि ग्राउण्ड क्लियरेन्सका साथ नेपालको विविध भूभागमा सहज यात्राको लागि उपयुक्त छ।
साथै, C10 ले ५-स्टार NCAP सुरक्षा मान्यता प्राप्त गरेको छ, जसले सबै यात्रुहरूको लागि उच्चस्तरीय सुरक्षा सुनिश्चित गर्दछ।
कार्यक्रममा उपस्थितहरूले स्थानमै वित्तीय व्यवस्थापन र सहज सट्टापट्टाको विशेष सुविधा पनि प्राप्त गर्न सक्नेछन्।
ग्राहक-केंद्रित समाधानसहित उन्नत इलेक्ट्रिक र इन्धन-कुशल गाडी उपलब्ध गराउने प्रतिबद्धता लिपमोटरले यो टेस्ट ड्राइभ कार्यक्रममार्फत पुनः पुष्टि गरेको छ।
यसले अत्याधुनिक प्रविधि र पहुँचयोगतिशीलता समाधान प्रदान गर्ने लक्ष्यलाई बलियो बनाएको छ।
कार्यक्रम विवरण:
मिति: २०८१ मङ्सिर३०देखि पुष ६ सम्म
स्थान:भिल्ला ७२, उत्तरढोका
यो अवसरलाई नछुटाउनुहोस् र भविष्यको गतिशीलताको अनुभव लिनुहोस्।
थप जानकारीका लागि र अद्यावधिकहरूका लागि साङ्ग्रिला मोटर्स प्रा.लि. सँग सम्पर्क गर्नुहोस्।