चितवन अटोमोवाईल्सको साधारण सभा

चितवन अटोमोवाईल्स एसोसियसनको गौरवमय २३ औं साधरण सभा संस्थाका अध्यक्ष श्रि कुल वहादुर क्षेत्रि (राजु)को अध्यक्षता, प्रमुख अतिथि केन्द्रीय संस्था नाडा अटोमोवाईल्स एसोसियसन अफ नेपालका अध्यक्ष आदरणीय करण चौधरि, विशिष्ट अतिथि नाडाका निवर्तामान अध्यक्ष डा. ध्रुव वहादुर थापा, संस्थाका निवर्तमान अध्यक्ष श्रि कृष्ण प्रसाद भण्डारि,विशिष्ट अतिथिहरु नाडाका संस्थागत उपाध्यक्ष तेज नारायण साह, नाडाका महासचिव सुरेन्द्र कुमार उप्रेति , उ वा संघ नारायणगढका वरिष्ठ उपाध्यक्ष चिरन्जिवि सुवेदि, चितवन चेम्वरका उपाध्यक्ष रुविन रामुदामु, अटोमोवाईल्स साकोसका अध्यक्ष कृष्ण प्रसाद काफ्ले,अतिथिहरु नाडाका प्रदेश नं १ का अध्यक्ष तथा मोरंग अटोमोवाइल्स एसोसिएशनका अध्यक्ष संजय कुमार श्रेष्ठ, प्रदेस नं २ जानकि अटोमोवाईल्स एसोसियसनका अध्यक्ष केदार कुमार अग्रवाल, जिल्ला ट्राफिक प्रहरी कार्यालयका प्रमुख प्र. नि गायत्रिराज सर्मा, नाडाका कार्यसमिति सदस्यहरु,काडाका अध्यक्ष राजन पिया, चितवन अटोमेकानिकल व्यवसायि संघका नि व अध्यक्ष प्रेम प्रसाद पाण्डे लगायत विभिन्न वस्तुगत संघका अध्यक्षहरु, मनकामना हस्पिटलका प्रतिनिधि सतिस ढकाल, मुख्य प्रायोजक सिमरन ट्रेडिंग एण्ड सप्लायर्सका संचालन सोहन चौधरि, सियट टायरका कन्ट्रि हेड राजपाल चड्डा,संस्थाका पुर्व अध्यक्ष तथा सल्लाहाकारहरु ,संस्थाका सदस्यहरु, कर्मचारिहरु, पत्रकारहरु लगायत सम्पुर्ण सुभेच्छुकहरुको उपस्थितिमा पर्व वैक्युट, कमलनगरमा सम्पन्न भयो।

यस वर्ष एसईईमा उत्कृष्ट ए ग्रेड भन्दा माथि ल्याई पास हुनुहुने संस्थाका सदस्यज्युहरुका ४ जना नानिवावुहरुलाई तथा विशेष वुलेटिन २०८१ मा विज्ञापन सहयोग गर्नुहुने विज्ञापन दाताहरुलाई सम्मान पत्रले सम्मान गरियको थियो।

साथै चितवन जिल्लाको ट्राफिक व्यवस्थापनमा उत्कृष्ठ कार्य गर्ने ३ जना ट्राफिक प्रहरीहरुलाई नगद तथा सम्मान पत्रले सम्मान गरियको थियो।

उपस्थित सम्पुर्णमा स्वागत मन्तव्य संस्थाका अध्यक्ष कुल वहादुर क्षेत्रिले गर्नु भयको थियो। संस्थाको वार्षिक कार्य प्रगति प्रतिवेदन तथा भावि कार्ययोजना संस्थाका सचिव मोहन के सी र आर्थिक प्रतिवेदन कोषाध्यक्ष श्रि रामसरण भट्टराईले प्रस्तुत गर्नु भयको थियो।

कार्यक्रमका प्रमुख अतिथिवाट यो आर्थिक मन्दिको समयमा पर्ख र हेरको अवस्था सहित एकता र सहकार्य आजको आवस्यक रहेको आफ्नो मन्तव्यमा जानकारि गराउनु भयको थियो।

कार्यक्रमको मुलसमिति समारोहका संयोजक संस्थाका प्रथम उपाध्यक्ष राजेन्द्र भट्टराई रहनु भयको थियो भने कार्यक्रमको संचालन संस्थाका सचिव मोहन केसीले गर्नुभयको थियो।

Leave a Reply

Your email address will not be published. Required fields are marked *