अब बजाजका मोटरसाइकल किन्न नागरिकता भए पुग्ने: बजाज मोटरसाइकलको नेपालका लागि एक मात्र आधिकारिक बिक्रेता हंसराज हुलासचन्द एण्ड को. प्रा.लि. ले अब बजाजका मोटरसाइकल नागरिकताको आधारमा मात्र सरल फाइनान्स मार्फत खरिद गर्न सकिने स्कीम ल्याएको छ।
मोटरसाइकल खरिद गर्दा हुने झन्झटिलो फाइनान्स प्रक्रिया अझ सरल होस् भन्ने उद्देश्यले कम्पनीले आफ्ना ग्राहकहरूको लागि यो स्कीम ल्याएको बताएको छ।
यसअघि मोटरसाइकल खरिद गर्दा घर जग्गा को लालपुर्जा, पानी र बिजुलीको बिल, आफ्नो आयस्रोतको सर्टिफिकेट लगायतका विभिन्न कागजात आवश्यक पर्दथ्यो।
यी सबै झन्झटलाई हटाएर अब बजाजका ग्राहकहरूले यी कागजातको सट्टा मात्र नागरिकता पेश गरेर सहजै बजाजका मोटरसाइकल सरल फाइनान्स मार्फत किन्न सक्नेछन्।
किस्ता बन्दीमा किन्ने चाहने ग्राहकहरूले १ घण्टा भित्रै लोन पास गरेर ९.९९% प्रतिशत सुलभ ब्याजदरमा सरल फाइनान्स मार्फत यो सुविधाको लाभ लिन सक्नेछन्।
यो स्कीम बजाजका देशभरका आधिकारिक शोरुमहरूमा उपलब्ध सबै मोडलहरूमा लागू हुने कम्पनीले जानकारी दिएको छ।