विद्युत् प्राधिकरणको नाफा २७% घट्यो

विद्युत् प्राधिकरणको नाफा २७% घट्यो: चालू आर्थिक वर्ष ०८१/८२ को पहिलो त्रैमासमा नेपाल विद्युत् प्राधिकरणले नौ अर्ब ११ करोड ३२ लाख रुपैयाँ नाफा कमाएको छ।

सरकारको शतप्रतिशत सेयर रहेको उक्त संस्थानको यो नाफा कर तिर्नुभन्दा अघिको हो । समीक्षा अवधिमा प्राधिकरणको आम्दानी ४१ अर्ब ८० करोड ६८ लाख र खर्च ३२ अर्ब ६९ करोड ३६ लाख रहेको छ।

यद्यपि, प्राधिकरणको यो नाफा गत आवको सोही अवधिको तुलनामा २७ प्रतिशत कम हो ।

गत आवको पहिलो तीन महिनामा प्राधिकरणको नाफा १२ अर्ब ४७ करोड २७ लाख थियो ।

तथ्यांकअनुसार गत आवको पहिलो त्रैमासमा ३९ अर्ब १३ करोड ७८ लाख रुपैयाँ आम्दानी हुँदा २६ अर्ब ६६ करो ड ५१ लाख खर्च भएको थियो । गत आवभर भने प्राधिकरणले १३ अर्ब ३१ करोड नाफा कमाएको तथ्यांक छ ।

विशेषगरी १० देखि १२ असोजमा आएको बाढी तथा पहिरोले गर्दा प्राधिकरणको नाफा प्रभावित भएको कर्मचारीहरू बताउँछन् ।

सो बाढीपहिरोले प्राधिकरणका प्रसारणलाइन, विद्युत् परियोजना, वितरणलाइन, सबस्टेसन, ट्रान्सफर्मरलगायतमा पूर्वाधार तथा संरचनामा ठुलो क्षति पुगेको थियो ।

त्यसको मर्मत–सम्भारलगायतमा भएको खर्चले नाफा प्रभावित भएको प्राधिकरणको भनाइ छ ।

अहिले चार सय ५६ मेगावाटको माथिल्लो तामाकोशीसहित ६ सय मेगावाट हाराहारीका परियोजना बन्द छन् । उत्पादन घट्दा भारतमा गरिने विद्युत् निर्यात पनि कटौती गरिएको छ ।

त्यसले पनि प्राधिकरणको नाफा प्रभावित भएको कर्मचारीहरू बताउँछन् । मुख्य नाफा कमाउने सिजनमै बाढीपहिरोले ठुलो क्षति पु¥याउँदा प्राधिकरणको नाफामा असर पुर्‍याएको छ।

प्राधिकरणले नाफा धेरै कमाउने समय पहिलो त्रैमास हो । पहिलो त्रैमासमा मनसुनको सिजन हुन्छ ।

जुनवेला खोलामा पानीको सतह बढी हुने कारण आश्रित परियोजनाबाट विद्युत् उत्पादन पनि धेरै हुन्छ ।

यसवेला खरिद गरिने विद्युत्को लागत पनि कम हुन्छ । त्यसमाथि भारतमा समेत विद्युत् निर्यात गरि ने हुँदा यो समयमा आम्दानी पनि बढी हुन्छ ।

तर , यही वेला प्राधिकरणको नाफा प्रभावित भएको तथ्यांकले पुष्टि गरेको छ । हिउँदको समयमा भने प्राधिकरणको नाफामा संकुचन आउने गर्छ । हिउँदमा विद्युत् उत्पादन कम हुन्छ ।

साथै , आयोजनाबाट महँगोमा विद्युत् खरिद गर्नुपर्छ । यसका अलावा भारतबाट पनि विद्युत् आयात गर्नुपर्छ । त्यसले गर्दा हिउँदमा प्राधिकरणको नाफा घट्ने जोखिम पनि हुन्छ ।

यसपालि त्यस्तो जोखिम झन् उच्च रहेको प्राधिकरणका एक अधिकारीले बताए । यद्यपि, चौथो त्रैमासमा भने नाफा र कम पुनः बढ्न सक्ने छ ।

गर्मीले हिउँ पग्लिएपछि खो लामा पानीको सतह बढ्ने छ । त्यसले गर्दा सम्बन्धित खोलामा आश्रित जलविद्युत् परियोजनाको विद्युत् उत्पादन बढ्ने छ ।

करिब २० वर्षसम्म प्राधिकर ण लगातार घाटामा गएको थियो । आव ०७२र७३ प्राधिकरणको सञ्चिति नोक्सानी ३४ अर्ब ६१ करोड पुगेको थियो ।

आव ०७४ यता भने प्राधिकरण निरन्तर नाफामा छ । गत असार सम्म प्राधिकरणको सञ्चित नाफा ४७ अर्ब ४१ करोड पुगेको छ ।

प्राधिकरणले आव २०७३/०७४ मा एक अर्ब ५० करोड, ०७४/७५ मा दुई अर्ब ९८ करोड, ०७५/७६ मा नौ अर्ब ८४ करोड, ०७६/७७ मा १३ अर्ब ३७ करोड, ०७७/७८ मा ६ अर्ब २७ करोड, ०७८/७९ मा १५ अर्ब ६ करोड, ०७९/८० मा १२ अर्ब ८ करोड र आव ०८०/८१ मा १३ अर्ब ३१ करोड रुपैयाँ नाफा कमाएको थियो।

Leave a Reply

Your email address will not be published. Required fields are marked *