कागबेनी-घमी सडक कालोपत्रे प्रक्रिया सुरु: कागबेनी-घमी सडक कालोपत्रे प्रक्रिया सुरु: मुस्ताङको वारागुङ मुक्तिक्षेत्र-४ कागबेनीदेखि लोघेकर दामोदरकुण्ड गाउँपालिका-२ घमीसम्मको सडक कालोपत्रे प्रक्रिया अघि बढाइएको छ।
भौतिक पूर्वाधार मन्त्रालय अन्तर्गत उत्तर/दक्षिण व्यापारिक मार्ग विस्तार आयोजना निर्देशानालयले उक्त सडकमा कालोपत्रेका लागि प्रारम्भिक वातावरणीय अध्ययन (आईई)को प्रक्रिया अघि बढाएको हो।
उत्तरी चीनको स्वशासित क्षेत्र तिब्बतसँग सिमाना जोडिएको उपल्लो मुस्ताङको कोरलानाका सडकलाई थप व्यवस्थित र समृद्ध तुल्याउनका लागि अन्नपूर्ण संरक्षण आयोजना (एक्याप) क्षेत्रको कागबेनी-घमी सडकमा ५० किलोमिटर कालोपत्रे गर्न सरकारले (आईई) प्रक्रियालाई प्राथमिकता दिएको छ।
बेनी-जोमसोम-कोरला सडकका आयोजना प्रमुख धुव्र झाले कोरलानाका जोड्ने (कागबेनी-घमी) ५० किमी दूरीमा कालोपत्रेका लागि आवश्यक प्रक्रिया अघि बढिसकेको जानकारी दिए।