केही घाइतेहरूको राप्ती स्वास्थ्य विज्ञान प्रतिष्ठान घोराही र राप्ती प्रादेशिक अस्पताल तुलसीपुरमा उपचार सुरु भएको छ । बसका चालक घोराही–१० बस्ने अन्दाजी २८ वर्षका मनोज चौधरी फरार रहेका छन् । प्रहरीले चालकको खोजी गरिरहेको र घटनाबारे अनुसन्धान सुरु गरिएको जानकारी दिएको छ ।