रुसले १८८ ड्रोन प्रक्षेपण गरेको युक्रेनको भनाइ

रुसले १८८ ड्रोन प्रक्षेपण गरेको युक्रेनको भनाइ : रुसले युक्रेनमा रातारात १८८ वटा ड्रोन प्रक्षेपण गरेको युक्रेनी सेनाले बताएको छ।

ड्रोन हमलाले युक्रेनी भवनहरू तथा महत्त्वपूर्ण पूर्वाधारमा क्षति पुगेको सेनाले जनाएको छ।

पछिल्लो समय मस्को र किभले ड्रोन र मिसाइल प्रक्षेपण विस्तार गर्दै आएका छन्। युक्रेनले भर्खरै रुसमा अमेरिकी लामो दूरीका मिसाइलहरू प्रहार गरेको छ भने क्रेमलिनले प्रयोगात्मक हाइपरसोनिक मिसाइलले यसको जवाफ दिएको छ।

सेनाले रुसले मानवरहित अज्ञात ड्रोनहरू प्रहार गरेको जनाउँदै ड्रोनहरू इरानी डिजाइनका रहेको उल्लेख गरेको छ।

सेनाले १७ स्थानमा ७६ वटा रुसी ड्रोन खसालेको तथा अन्य ९५ वटा इलेक्ट्रोनिक रक्षात्मक प्रणालीद्वारा ड्रोन खसालिएको जनाएको छ।

युक्रेनको राजधानी किएभ सहरका अधिकारीहरूलाई उदृत गर्दै हवाई सतर्कता पाँच घण्टा चलेको र त्यहाँ १० वटा रुसी ड्रोनहरू खसालिएको एएफपीले जनाएको छ।

Leave a Reply

Your email address will not be published. Required fields are marked *