सम्झौताअनुसार भाटभटेनीका विभिन्न सुपरमार्केटको छत तथा खाली स्थान उपयोग गरी १२.७५० मेगावाटबराबरको सौर्य विद्युत् उत्पादन गरिनेछ ।
समझौतापत्रमा भाटभटेनीका सञ्चालक सावित्री गुरुङ र रिन्यु होल्डिङ्सका प्रबन्ध निर्देशक किरणकुमार श्रेष्ठले हस्ताक्षर गरेका हुन् ।
यस सम्झौताले नेपालमा नवीकरणीय ऊर्जा क्षेत्रको प्रवद्र्धन र दिगो विकासमा महत्वपूर्ण भूमिका खेल्ने तथा कार्बन उत्सर्जन पनि कम गर्ने बताइएको छ ।
रिन्यु होल्डिङ्सले सोलार, हाइड्रोलगायत नेपालको नवीकरणीय ऊर्जाका साथै चार्जिङ स्टेसन र नवीकरणीय ऊर्जासम्बन्धी नवीनतम प्रविधिमा काम गर्ने लक्ष्य लिएको छ ।
भाटभटेनीले देशभर २७ वटा सुपरमार्केटको स्थापना गरिसकेको छ भने अबको पाँच वर्षमा ५१ वटा स्टोर स्थापना गर्ने लक्ष्य लिएको छ ।