उत्तर कोरियाली क्षेप्यास्त्रले युक्रेनमाथि आक्रमण गरिरहेछ

उत्तर कोरियाली क्षेप्यास्त्रले युक्रेनमाथि आक्रमण गरिरहेछ: रुसले युक्रेनमाथि उत्तर कोरियामा बनेका क्षेप्यास्त्र प्रयोग गरेर आक्रमण गरिरहेको छ। पछिल्ला दिनहरूमा रुसले युक्रेनमाथि क्षेप्यास्त्रको आक्रमण तीव्र पारेको छ।

उक्त क्षेप्यास्त्रमध्ये एक तिहाइ उत्तर कोरियाली बनेका छन्।

युक्रेनी सैन्य अधिकारीहरूले भनेका छन् कि, यी क्षेप्यास्त्र पश्चिमी देशमा बनेका कम्पोनेन्ट राखेर बनाइएका छन्, र त्यसैले यी अस्त्रहरू प्रभावकारी हुन सक्छन्।

उत्तर कोरियामाथि पश्चिमी देशहरूले प्रतिबन्ध लगाएका छन्, तर त्यहाँका निर्माताहरू अझै पनि पश्चिमी कम्पोनेन्टहरू प्राप्त गरिरहेका छन्।

यो वर्ष, रुसले युक्रेनमाथि ६० वटा उत्तर कोरियाली केएन-२३ क्षेप्यास्त्र प्रहार गरेको छ।

युक्रेनी रक्षा अधिकारीहरूले भनेअनुसार, यो वर्षका अहिले सम्मको आक्रमणहरूको तिहाइ यस्ता क्षेप्यास्त्रहरू भएका छन्।

यस वर्षको प्रारम्भदेखि युक्रेनमाथि रुसले १९४ वटा क्षेप्यास्त्र प्रहार गरेको सीएनएनको आँकडाले देखाएको छ।

विशेष गरी अगस्ट र सेप्टेम्बर महिनामा ब्यालिस्टिक मिसाइलको प्रयोग निकै बढेको थियो।

रुसले युक्रेनमाथि उत्तर कोरियाली क्षेप्यास्त्र प्रयोग गरेको यो पहिलो पटक हो।

युक्रेनी हवाई बलका प्रमुख युरीई इग्न्याटले सीएनएनलाई भने, “वसन्त यता रुसले ब्यालिस्टिक मिसाइल र ड्रोनबाट आक्रमण बढाएको छ।”

रुसको कुस्र्क क्षेत्रमा तैनाथ गर्न उत्तर कोरियाले आफ्ना ११,००० सेना पनि पठाएको जानकारी छ।

Visit homepage : eautonepal.com

Leave a Reply

Your email address will not be published. Required fields are marked *