इराकमा भएको हवाई आक्रमण: इराकको उत्तरी प्रान्त किर्कुकमा हवाई आक्रमण गर्दा इस्लामिक स्टेट (आइएस) का पाँच लडाकु मारिएका छन्।
गुप्तचर जानकारीका आधारमा, इराकी सेनाले शुक्रबार किर्कुकको पश्चिमी क्षेत्रका दुर्गम स्थानमा आइएस लडाकुहरू लुकेको ठाउँमा आक्रमण गरेको थियो।
इराकी सेना र गुप्तचरको संयुक्त टोलीले शनिबार बम विस्फोट भएको स्थानमा पाँच “आतङ्ककारी” को शव फेला पारेका छन्।
यसका साथ, सेनाले चार राइफल, दुई विस्फोटक बेल्ट, छ ह्यान्ड ग्रेनेड, गोलाबारुद र सञ्चार उपकरणहरू पनि पत्ता लगाएको छ।
सन् २०१७ मा आइएसको पराजय भएपछि इराकमा सुरक्षा स्थिति सुधार भएको थियो।
तर, आइएसका लुकेका अवशेषले अझै पनि केही शहर र दुर्गम क्षेत्रहरूमा सुरक्षा बल र नागरिकहरूलाई लगातार आक्रमण गर्दै आएका छन्।
Visit homepage : eautonepal.com