दुर्घटना बढेको बढ्यै

दुर्घटना बढेको बढ्यै: ०८१ कात्तिक २५ गते कालिकोटको पलाँता गाउँपालिका–३, राडुमा जीप दुर्घटना हुँदा ७ जनाको मृत्यु भयो भने १२ जना घाइते भए । उक्त जीपमा १९ जना सवार थिए ।

०७८ असोज २६ गते नेपालगञ्जबाट मुगु सदरमुकाम गमगढी जाँदै गरेको भे१ख ३१६७ नम्बरको बस मध्याह्न १२ बजेतिर छायाँनाथ रारा नगरपालिका–७ मा दुर्घटना भयो । उक्त, दुर्घटनामा ३३ जनाले ज्यान गुमाए ।

चाडपर्वको आसपास कर्णाली प्रदेशमा भएका यी दुई ठुला दुर्घटना उदाहरणमात्र हुन् । कर्णालीमा पाँच वर्ष यता तीन हजारभन्दा बढी सवारी साधन दुर्घटना भएका छन् ।

कर्णाली राजमार्गमा भएको सबैभन्दा ठुलो दुर्घटना हो– ०६६ चैत ५ गते दैलेखको किट्टु भिरमा भएको बस दुर्घटना ।

कालिकोटबाट सुर्खेततर्फ आउँदै गरेको काँक्रेविहार यातायातको ना३ख ५८६८ नम्बरको बस सडकबाट चट्टानमा ठोक्किएर कर्णाली नदीमा खस्दा ४१ जनाको मृत्यु भएको थियो ।

प्रदेश प्रहरी कार्यालयले उपलब्ध गराएको विवरण अनुसार ०७५ सालदेखि ०८१ कात्तिक मसान्तसम्म कर्णालीमा ३ हजार ८५ वटा सवारी दुर्घटना भएका छन् । ती दुर्घटनामा परी ७८७ जनाको मृत्यु भएको छ भने ६ हजार १६७ जना घाइते भएका छन् ।

Visit homepage : eautonepal.com

Leave a Reply

Your email address will not be published. Required fields are marked *