कर्णाली सडक मर्मत र सुरक्षा सुनिश्चित गर्ने: कर्णालीका मुख्य राजमार्ग र सडकहरू अहिले पनि केन्द्र सरकारको नियन्त्रणमा छन्। जब यी सडकमा दुर्घटना वा प्राकृतिक विपद्को कारण यातायात अवरुद्ध हुन्छ, तब प्रश्न उठ्छ—प्रदेश सरकार के गर्दैछ?
कर्णालीका मुख्यमन्त्री र मन्त्रीहरू भनेका छन् कि यी सडकहरू केन्द्र सरकारको जिम्मामा छन्, र प्रदेश सरकारको भूमिका छैन। यसकारण, सडक मर्मत, स्तरोन्नतिको लागि प्रदेश सरकार बजेट र योजना व्यवस्थापन गर्न सक्दैन।
केन्द्र सरकारले पनि पर्याप्त बजेट नदिँदा, सडकको अवस्था अझै बिग्रिरहेको छ। पुराना कालोपत्रेका सडकहरू जीर्ण भएका छन् र दुर्घटनाको जोखिम बढेको छ।
अधिकांश सडक केन्द्र सरकारको जिम्मामा भएकाले, सडक सुरक्षा र दुर्घटना न्यूनीकरणमा प्रदेश सरकारको के भूमिका छ भनेको प्रश्न उठ्छ। यस विषयमा कर्णालीका भौतिक पूर्वाधार मन्त्री शेरबहादुर बुढासँग कुराकानी गरिएको छ।
Visit homepage : eautonepal.com