भैरहवा अन्तर्राष्ट्रिय उडानले तराईलाई गर्यो फाइदा

भैरहवा अन्तर्राष्ट्रिय उडानले तराईलाई गर्यो फाइदा: नेपालको प्रमुख पर्यटन क्षेत्र हिमालय हो, जहाँ सगरमाथा, अन्नपूर्ण र लाङटाङ जस्ता शिखर छन्।

पोखरा, काठमाडौँ, चितवन र लुम्बिनी पनि पर्यटकीय गन्तव्यका रूपमा प्रसिद्ध छन्।

तर, तराईका क्षेत्रमा अपेक्षाकृत पर्यटनको विकास कम भएको छ।

तर, भैरहवास्थित गौतमबुद्ध विमानस्थलबाट अन्तर्राष्ट्रिय उडान सुरु भएपछि पर्यटन व्यवसायी उत्साहित भएका छन्।

नेपाल एयरलाइन्स, थाई एयर एसिया, कतार एयरवेज, जजिरा र फ्लाई दुबई जस्ता एयरलाइन्सले उडान सुरु गरेका छन्।

यसले भैरहवा र तराईको पर्यटनमा वृद्धि ल्याउने विश्वास गरिएको छ।

नेपाल पर्यटन बोर्डका निर्देशक मणिराज लामिछानले यसलाई विकेन्द्रित पर्यटनको लागि सहायक हुने बताएका छन्।

Visit homepage : eautonepal.com

Leave a Reply

Your email address will not be published. Required fields are marked *