बाढीपहिरोले भीमादका १५० जना विस्थापित भए: भीमाद नगरपालिकाका विभिन्न वडाका १५० जना बाढी र पहिरोबाट विस्थापित भएका छन्।
नगरप्रमुख दधिराज सुवेदीका अनुसार, अधिकांश विस्थापित दलित समुदायका छन्, जसका घरहरू भत्किएका छन्।
विस्थापित परिवारहरूको तथ्याङ्क सङ्कलन भइसकेको छ, र समस्या समाधान गर्न उनीहरूसँग छलफल सुरु गरिएको छ। ती परिवारलाई सुरक्षित स्थानमा सार्ने काम भइरहेको छ।
यसैबीच, बाढी र पहिरोले भीमाद नगरपालिका क्षेत्रका ३५ खानेपानी योजनामा क्षति पुर्याएको छ।
नगरपालिकाले मर्मतका लागि ५० लाख रुपैयाँ विनियोजन गरेको थियो, तर त्यो रकम अपुग भएकोले विकास र निर्माणको लागि छुट्याइएको रकमबाट मर्मत कार्यको लागि प्रयोग गर्नुपरेको नगरप्रमुख सुवेदीले बताए।
धेरै योजनाहरूको मर्मतसम्भार अन्तिम चरणमा पुगेको र केहीका मर्मत कार्य चलिरहेको उनले जानकारी दिए।
Visit homepage : eautonepal.com