मुग्लिन–पोखरा सडकखण्ड स्तरोन्नति गर्ने

मुग्लिन–पोखरा सडकखण्ड स्तरोन्नति गर्ने: पृथ्वी राजमार्गको पोखरा–मुग्लिन सडकको स्तरोन्नतिको कामका कारण सोमबार राति देखि दैनिक चार घण्टा ३० मिनेट सडक बन्द गरिने भएको छ।

आँबुखैरेनीदेखि पोखरासम्मको ८१ किलोमिटर लामो सडकलाई दुई खण्डमा विभाजन गरेर काम भइरहेको छ।

पूर्वी खण्डमा आँबुखैरेनीदेखि जामुनेसम्म ४१.४५ किलोमिटर र पश्चिमी खण्डमा जामुनेदेखि पोखरासम्म ३८.८८ किलोमिटर क्षेत्र समावेश छ।

पूर्वी खण्डको व्यास नगरपालिका–१२, छिर्कनेदेखि देउरालीसम्मको सडक बिहानको समयमा दैनिक चार घण्टा ३० मिनेट बन्द गरिने छ।

जानकारी अनुसार, राति ११ बजेबाट बिहान १ बजेसम्म सडक बन्द रहनेछ। त्यसपछि सवारी आवागमन खुला गरेर राति १:३० बजेदेखि ४ बजेसम्म पुनः सडक बन्द गरिनेछ।

सडकको कामलाई छिटो सम्पन्न गर्नका लागि यस्तो कदम चालिएको हो। यस खण्डमा हालसम्म ६८ प्रतिशत काम पूरा भएको छ।

Visit homepage : eautonepal.com

Leave a Reply

Your email address will not be published. Required fields are marked *